गोपनीयता नीति

अन्तिम पटक अद्यावधिक: २४ कात्तिक २०८३ (१० नोभेम्बर २०२६)

आमा साथी Web House Nepal ले बनाएको मोबाइल एप हो। तपाईंको र तपाईंको बच्चाको जानकारी निकै व्यक्तिगत हो भन्ने हामीलाई थाहा छ। त्यसैले हामी काम गर्न चाहिने जानकारी मात्र राख्छौं।

हामी के जानकारी राख्छौं

  • गर्भावस्था: अन्तिम महिनावारीको मिति वा सुत्केरी हुने मिति, र बच्चा जन्मिएको मिति।
  • बच्चा: नाम, जन्म मिति र लिङ्ग (राख्नुभएमा), तौल र उचाइ (लेख्नुभएमा)।
  • तालिका: कुन खोप, जाँच वा चक्कीमा “गरियो” चिन्ह लगाउनुभयो, र छोटो टिप्पणी।
  • खाता (चाहेमा मात्र): नाम, फोन नम्बर वा इमेल, जिल्ला, र पासवर्ड (सुरक्षित तरिकाले ह्यास गरेर)।
  • फोन: सूचना पठाउन चाहिने पुस टोकन, फोनको प्रकार (Android वा iPhone), र तपाईंले छानेको भाषा।

हामी तपाईंको सम्पर्क सूची, फोटो, स्थान वा माइक्रोफोन प्रयोग गर्दैनौं।

जानकारी केका लागि प्रयोग हुन्छ

  • तपाईंको गर्भावस्था, सुत्केरी र बच्चाको तालिका बनाउन।
  • खोप, जाँच र चक्कीको सम्झना पठाउन।
  • खाता बनाउनुभएको भए नयाँ फोनमा पनि तपाईंका रेकर्ड देखाउन।
  • कति परिवारले एप प्रयोग गरिरहेका छन् जस्ता सामान्य, नाम नखुल्ने तथ्याङ्क हेर्न।

हामी कसैलाई बेच्दैनौं

तपाईंको जानकारी हामी बेच्दैनौं, विज्ञापनका लागि प्रयोग गर्दैनौं र अरूसँग बाँड्दैनौं। सूचना फोनसम्म पुर्‍याउन Google Firebase Cloud Messaging (Android) र Apple Push Notification service (iPhone) प्रयोग हुन्छ; तिनीहरूले सूचनाको सन्देश मात्र पाउँछन्।

जानकारी मेटाउने

एपमा मेरो ट्याब खोलेर सबैभन्दा तल मेरो खाता र डाटा मेटाउनुहोस् थिच्नुहोस्। तपाईंको खाता, गर्भावस्था, बच्चाका रेकर्ड र फोनको टोकन हाम्रो सर्भरबाट तुरुन्तै मेटिन्छन्। एप खोल्न नसक्ने भए info@webhousenepal.com मा इमेल गर्नुहोस्, हामी ७ दिनभित्र मेटाइदिन्छौं। थप जानकारी: खाता मेटाउने।

एप खोलेर पनि गर्भावस्था वा बच्चा नथपिएका खाली अतिथि रेकर्ड ३० दिनपछि आफैँ हट्छन्।

सुरक्षा

एप र सर्भरबीचको सबै कुराकानी इन्क्रिप्ट गरिएको (HTTPS) हुन्छ, र पासवर्डहरू सुरक्षित तरिकाले ह्यास गरेर राखिन्छन्।

स्वास्थ्य सल्लाह

आमा साथीमा भएको जानकारी सामान्य मार्गदर्शनका लागि हो। यसले स्वास्थ्यकर्मीको जाँच र सल्लाहको ठाउँ लिँदैन। आपत्कालमा १०२ मा फोन गर्नुहोस् वा नजिकको अस्पताल जानुहोस्।

सम्पर्क

Web House Nepal, काठमाडौं
info@webhousenepal.com

यो नीति परिवर्तन भएमा यही पेजमा नयाँ मितिसहित राखिनेछ।

Privacy policy

Last updated: 10 November 2026

Aama Sathi is a mobile app made by Web House Nepal. Information about you and your baby is personal, so we keep only what the app needs to work.

What we keep

  • Pregnancy: your last period date or due date, and the date your baby was born.
  • Child: name, birth date and sex (if you add it), and weight and height (if you log them).
  • Schedule: which vaccines, check-ups or tablets you marked as done, and any short note.
  • Account (only if you create one): name, phone number or email, district, and a password (stored securely hashed).
  • Phone: a push token so we can send reminders, the type of phone (Android or iPhone), and your chosen language.

We do not use your contacts, photos, location or microphone.

How we use it

  • To build your pregnancy, after-birth and child schedule.
  • To send reminders for vaccines, check-ups and tablets.
  • To show your records on a new phone, if you created an account.
  • To see general, anonymous numbers, such as how many families use the app.

We never sell it

We do not sell your information, use it for advertising or share it with others. Reminders are delivered through Google Firebase Cloud Messaging (Android) and the Apple Push Notification service (iPhone), which receive only the notification message.

Deleting your information

In the app, open the Me tab and tap Delete my account and data at the bottom. Your account, pregnancy and child records and your phone's token are removed from our server straight away. If you cannot open the app, email info@webhousenepal.com and we will delete them within 7 days. More: Delete your account.

Empty guest records, where the app was opened but no pregnancy or child was added, are removed automatically after 30 days.

Security

Everything between the app and our server is encrypted (HTTPS), and passwords are stored securely hashed.

Health advice

The information in Aama Sathi is general guidance. It does not replace a health worker's check-up or advice. In an emergency, call 102 or go to the nearest hospital.

Contact

Web House Nepal, Kathmandu
info@webhousenepal.com

If this policy changes, the new version will be posted on this page with a new date.